काठमाण्डौ । सामसङ कम्पनीको नयाँ स्मार्टफोन ग्यालेक्सी एस–८ मा प्रयोग भएको आइरिस स्क्यानिङ प्रविधि अथवा आँखाको नानीलाई हेरेर खुल्ने वाला मोवाइल लक भएको सिस्टमले धोका दिने विज्ञ समूहको खुलासा गरिदिएका छन् । यो खुलासासँगै सामसङको ग्यालेक्सी एस–८ को बिक्री घट्नसक्ने अन्तराष्ट्रिय विज्ञहरुले अनुमान गरेका छन् । 

तस्विरमा देखिएको कन्ट्याक्ट लेन्सबाट सामसङको निकै सुरक्षित भनिएको पछिल्लो प्रविधिले जुनसुकै बेला धोका दिन सक्ने बताइएको छ । 

मदरबोर्ड नामको वेबसाइटका अनुसार केयोस कम्प्युटर क्लबका शोधकर्ताहरुले आँखाको एक तस्विरबाट यो कुरालाई गरेरै देखाइदिएका छन् ।

सामसङको ग्यालेक्सी एस–८ को लक खोल्नका लागि आइरिस स्क्यानरमा हेर्नु नै काफी हुन्छ । सामसङले यो प्रविधिलाई निकै सुरक्षित भन्दै आएको थियो । 
बीबीसीसँग सामसङले भनेको छ कि विज्ञहरुको निश्कर्षको बिषयमा कम्पनीलाई जानकारी छ । सामसङले अघिल्लो महिना मात्रै ग्यालेक्सी एस–८ र एस ८ प्लस लञ्च गरेको थियो । 

शोधकर्ताहरुले पहिला एस–८ को आइरिस स्क्यानरमा एक व्यक्तिको आँखालाई रजिस्टेसन गरी फोनको सुरक्षा सिस्टम स्थापित गरेका थिए । त्यसपछि एक डिजिटल क्यामेरामा इन्फ्रा रेड नाइट भिजन सेटिङ गरी एक अर्को व्यक्तिको आँखाको तस्विर लिइयो । यो तस्विरको प्रिन्ट लिएर शोधकर्ताहरुले यसको अगाडि कन्ट्याक्ट लेन्स राखे । 

शोधकर्ताहरुको एक टिमले एस आठ स्मार्टफोनको अगाडि यो तस्विरलाई राखेर अनलक गरेको एक भिडियो समेत इन्टरनेटमा राखिदिएका छन् । 
सामसङले आफ्नो प्रविधि निकै सुरक्षित भएको दाबी गर्दै यदि अर्को कुनै प्रविधिले यो प्रविधिलाई चुनौति दिन्छ भने त्यसमा सुधार गर्न कम्पनी तयार रहेको प्रष्टीकरण दिएको छ । 

तर, ग्यालेक्सी एस–८ मा आइरिस स्क्यानरको ठाउँमा पासवर्ड वा गोप्य नम्बरको विकल्प समेत दिइएको छ ।