काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले हालै ‘उत्सवको उमङ्ग, विदेशमा भेटौं आफ्नासँग’ भन्ने योजना ल्याएको छ । 

विभिन्न कारणले बिदेशमा रहेका व्यक्ति दशैंजस्तो महान् पर्वमा स्वदेश आई आफ्नो परिवारसँग दशैं मनाउन पाउनुहुन्न भन्ने विचार गरी लामो समयसम्म आफन्तसँग दशैं मनाउन नपाएका आफन्त स्वयम् नै बिदेशमा गई आफ्नासँग दशैं मनाउन पाऊन् भनी यो योजना प्रस्तुत गरिएको हो । यो योजना यही साउन ८ गतेदेखि साउन ३० गतेसम्म मात्र लागू गरिएको बताइएको छ । 

प्रस्तुत योजनामा सहभागी हुन, योजना अवधिभर सामसङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नुपर्नेछ । आफूले खरिद गरेकै आउटलेटबाट फारम लिनुपर्नेछ र त्यो फारममा आवश्यक विवरण भरी “बिदेशमा कसलाई र किन भेट्न चाहनुहुन्छ” भन्ने कथा लेख्नुपर्दछ । कथा लेख्दा दिइएको स्थानमा नअटाएमा अतिरिक्त १ पाना पनि थप्न सकिनेछ । यसरी आवश्यक विवरण र कथा लेखिसकेपछि योजना अवधिभित्र सोही स्थानमा राखिएको ड्रपबक्समा खसाल्नु पर्दछ । 

प्राप्त भएका कथाहरुमध्येबाट छनौट गरी उत्कृष्ट ५ कथाले पाउनेछन् ४ दिन ३ रातको : मलेसिया, कतार, साउदी अरेबिया, युएइवा दक्षिण कोरियामा गई आफ्ना सँगसँगै दशैं मनाउने अवसर । विजयीले आफूसँगै बिदेश यात्रामा परिवारका एक सदस्यलाई पनि लैजान पाउनेछन् ।

योजना समाप्त भएको ७ दिनपछि अर्थात् भदौ ५ गते नजिता प्रकाशित गरिने बताइएको छ । सहभागीहरुको कथालाई छनौट गर्ने जिम्मा विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरुलाई दिइनेछ र उक्त जुरीले छनौट गरेका कथाहरु नै अन्तिम हुने छन्।