काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा आफ्ना स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस बजारमा प्रस्तुत गर्न गइरहेको छ । 

यस फोनको माध्यमबाट प्रयोगकर्ताहरुले कुराकानी गर्न, आफ्ना अनुभवहरु विश्वसामू शेयर गर्न सक्नेछन् ।

एस नाइन तथा एस नाइन प्लसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ । यसमा संशोधित गरिएको डुुअल लेन्स, लो लाइट क्यामेरा, सुपर स्लोमा भिडियो खिच्न सकिने सुविधा तथा पर्सनलाईज्ड ए आर इमोजीस तथा डल्बी एटमोसको साथ एककेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ । यसबाट डल्बी वातावरणको जीवन्त अनुभव पाउन सकिनेछ ।

सामसङ मोबाइलडिभिजन नेपालका प्रमुख प्रणयरत्न स्थापितले भने, “मोबाइल फोनबाट स्व–अभिव्यक्ति एवं कुराकानी तथा हामीले प्रयोग गर्ने स्मार्टफोनको तरिका परिवर्तन भएको छ।” उनका अनुसार यी दुवै मोडलमा जुनसुकै बेला ग्राहकले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सक्नेछन् । यो स्मार्टफोनमा सहज रुपमा आवद्ध हुन तथा आफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको उनले प्रष्ट्याए ।

ग्राहकले ग्यालेक्सी एस नाइन तथा ग्यालेक्सी एस नाइन प्लस फोन ने.रु.५००० को तुरुन्त क्याशव्याक सहित क्रमशः ने.रु. ९२९०० तथा नेरु १०४९०० मा खरीद गर्न पाउनेछन् । यी दुबै सेटको प्रि–बुकिङ्ग यही मार्च महिनाको १२ तारिखदेखि खुलाइने समेत बताइएको छ । यीदुई स्मार्टफोनहरु यही मार्च २३, २०१८ बाट नेपालमा उपलब्ध हुने बताइएको छ । 

साथै, ग्राहकले प्रति हप्ता १००० एमबिका साथ १२ हप्तासम्म कूल १२००० एमबिको डाटा एनसेलको तर्फबाट निःशुल्क प्राप्त गर्न सक्नेछन् भने शिखर इन्सुरेन्सको मार्फत् एक वर्ष भित्र सेट टुटफुट भएको अवस्थामा बीमा दाबी गर्न सकिने व्यवस्था पनि मिलाएको छ । यसका अतिरिक्त प्रि बुकिङ्ग गर्नेले वायरलेस चार्जर वा ने.रु. ५००० बराबरको छुट कुपन प्राप्त गरी सोही रकम बराबरको सामसङ मोबाइलका एक्सोसरिज वा सामसङको स्मार्ट फोन खरिदमा डिस्काउन्ट लिन सक्नेछन् । 

सामसङले प्रि–बुकिङ्गमा सहभागीभएकाव्यक्तिहरुलाई लक्की ड्रमा समावेश पनि गर्ने छ र प्रथम हुने भाग्यशाली विजेतालाई टर्किस एयरको सेवा भएको देशमा आउने जाने टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

दोस्रो भाग्यशाली बिजेताका दम्पतिलाई हिमालयन फ्रन्ट रिसोर्ट वा वाटर फ्रन्ट रिसोर्टमा २ रात बस्ने व्यवस्था मिलाइएको छ भने २ जना तेस्रो भाग्यशाली बिजेताहरुलाई सामसङको Fit2 Pro  प्रदान गरिनेछ ।