काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । 

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले भदौ २७ गते हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी वितरण गरेको छ । उक्त कार्यक्रममा बैंकले बिहान ६ बजे देखि साँझ ७ बजे सम्म दर्शनार्थीहरुलाई पानी वितरण गरेको थियो ।

बैंकको कालीमाटी शाखाले भने भदौ २९ गते ऋषि पञ्चमीको अवसरमा टेकु, काठमाण्डौमा अवस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि निःशुल्क स्वास्थ्य शिविर लगायत शुद्घ पिउने पानी तथा जुस वितरण कार्यक्रम आयोजना गरेको छ । 

ब्लु क्रस अस्पतालको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा करिब ५०० जना प्रत्यक्ष लाभान्वित भएका थिए ।