काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी बिकास बैंकको मनहरी शाखाले फागुन १४ गते स्थानीय राष्ट्रिय उच्च माविको कक्षा ११ मा अध्ययनरत जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृति प्रदान गरेको छ । 

उनलाई बैंकले १५ हजार रुपैयाँको छात्रवृति प्रदान गरेको हो । 

सोमबार एक कार्यक्रमको आयोजना गरी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानिया, विद्यालयका प्रअ गोविन्दप्रसाद पौडेल, मनहरी गाउँपालिका वडानम्बर ७ का अध्यक्ष ठाकुरराम तितुङ्ग, मनहरी गाउँपालिका वडा नं. ७ का सदस्य शेखर बर्तौलाको समेत उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

यसैगरी, बैंकको नारायणगढ शहिदचोक शाखाले समेत फागुन १२ गते देवघाटधामस्थित गलेश्वर आश्रम अन्तर्गतको वेदवेदाङ्ग विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ । सो कार्यक्रममा गलेश्वर आश्रमका पिठाधीश आत्मानन्द गिरिजी महाराजले बैंकको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै हरेक व्यवसायिक संस्थाहरुले महालक्ष्मी बिकास बैंकले प्रस्तुत गरेको उदाहरण अनुकरणीय रहेको बताएका थिए ।