काठमाण्डौ । गल्ती कोबाट हुँदैन र ? संसारका सबैभन्दा सफल व्यक्तिहरुले पनि कुनै न कुनै बेला गल्ती गरेकै छन् ।

सामान्य मानिस होस् वा धनाढ्य व्यक्ति, उनीहरुले जीवनकालमा कुनै न कुनै गल्ती गरेकी हुन्छन् । तर आफूले गरेका गल्तीहरुबाट पाठ सिक्दै अगाडि बढ्दा नै जीवनमा सफलता प्राप्त हुन्छन् ।  

मार्क जकरबर्ग, वारेन बफेटदेखि लिएर रतन टाटासम्मले सार्वजनिक रुपमै आफ्नो गल्तीहरु स्वीकारेका छन् । आउनुहोस् जानौँ ठूला व्यापारीहरुले कुन कुरालाई आफ्नो सबैभन्दा ठूलो गल्ती मानेका छन्।

माइक्रोसफ्ट कम्पनीका को–फाउन्डर बिल गेट्सले हालै एक सार्वजनिक समारोहमा उनको जीवनको सबैभन्दा ठूलो गल्ती गरेको खुलासा गरेका थिए । जुन गल्ती माइक्रोसफ्टमा एन्ड्रोइड डिभलप नगर्नु थियो । 

६३ वर्षीय बिल गेट्सले भनेका थिए, ‘यदि गुगलको एन्ड्रोइडलाई किन्ने प्लानिङ सुरुआतमै पहिचान गर्न सकेको भए आज माइक्रोसफ्ट संसारकै सबैभन्दा ठूलो कम्पनी हुने थियो।’

त्यस्तै अमेरिकाको राष्ट्रपति चुनावलाई प्रभावित गर्न क्याम्ब्रिज एनालिटिकाद्वारा फेसबुक डाटाको प्रयोगप्रति फेसबुकका सीईओ मार्क जकरबर्गले आफ्नो गल्ती स्वीकारेका थिए ।

फेसबुकका सीईओ जकरबर्गले सन् २०१८ अप्रिलमा भनेका थिए, ‘डाटाको सुरक्षा गर्न नसक्नु नै फेसबुकको सबैभन्दा ठूलो गल्ती हो । यसले फेसबुकप्रति प्रयोगकर्ताको विश्वास टुटेका छ । हामीलाई दुःख लागेको छ कि त्यतिखेर यसविरुद्ध कुनै चालिएन ।’