काठमाण्डौ । बम्पर लाभांश पारित र हकप्रद सेयर निष्कासन मुख्य अजेन्डासहित सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ११ गते गर्ने निर्णय गरेको हो । सभामा गत वर्षको मुनाफाबाट वितरण गर्ने भनी प्रस्ताव गरिएको ३३.६८ प्रतिशत बम्पर लभांश पारित हुनेछ ।

प्रस्तावित लाभांशमा संस्थाले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ३२ प्रतिशतले हुन आउने ३ करोड २० लाख रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बोनस सेयर कर प्रयोजनार्थ संस्थाले १.६८ प्रतिशतले हुन आउने १६ लाख ८४ हजार २१० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाले बोनस सेयर वितरणपछि हुन आउने चुक्तापुँजीको २ः१ अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

यसैबीच संस्थाले वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि यही मंसिर २० गतेदेखि पुस ११ गतेसम्म बुक क्लो गर्ने निर्णय गरेको छ । यसको मतलब मंसिर १९ गतेसम्म कायम सेयरधनीहरुले मात्र संस्थाको प्रस्तावित लाभांशको हकदार र सभामा भाग लिन पाउनेछन् ।