काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्न आज बिहीबार अन्तिम मौका रहेको छ ।

संस्थाले वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि शुक्रबार (मंसिर २० गते) देखि पुस ११ गतेसम्म बुक क्लोज गर्दैछ । यसको मतलब संस्थाको लाभांश पाउन आज बिहीबारसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट ३२ प्रतिशत बोनस सेयर र १.६८ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाले पुस ११ गते गर्ने छैटौँ वार्षिक साधारणसभाबाट पारित हुनेछ ।

यसैगरी संस्थाले बोनस सेयर वितरणपछि हुन आउने चुक्तापुँजीको २ः१ अनुपातिमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाबाट पारित गर्दैछ।