काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जले बम्पर लाभांश घोषणा गरेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शुक्रबार सेयरमूल्य समायोजन गरेको छ ।

संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ३२ प्रतिशत बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले संस्थाको सेयरमूल्य समायोजन गर्दैै प्रतिकित्ता ६०९.०९ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यअनुसार नै संस्थाको सेयर कारोबारमा आउनेछ ।

संस्थाको छैटौँ वाषिक साधारणसभा आउँदो पुस ११ गते हुँदैछ । यसका लागि संस्थाले आज शुक्रबारदेखि बुक क्लोज गरेको छ । यसको मतलब बिहीबारसम्म सेयरधनी कायम हुनेहरुले मात्र संस्थाद्वारा प्रस्तावित लाभांशको भागिदार र साधारणसभामा भाग लिन पाउनेछन् ।

संस्थाले गत आर्थिक वर्षका लागि ३२ प्रतिशत बोनस सेयर र १.६८ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश साधारणसभाबाट अनुमोदन हुनेछ ।