सामसुङले आफ्नो ग्यालेक्सी नोट-८लाई पहिलोपटक नेपालमा सार्वजनिक गरेको छ । आज काठमाडौंमा एक विशेष समारोहका बीच सामसुङ नेपालले ग्यलेक्सी नोट-८ सार्वजनिक गरेको हो।

सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापित र फेस अफ सामसुङ ज्योत्साना योगीले संयुक्त रुपमा ग्यालेक्सी नोट-८ सार्वजनिक गरे । कम्पनीले नो-८ सार्वजनिक गरेसागै प्रि-बुकिङ पनि खुला गरेको छ ।

नोट-८मा एस पेनको सहायताले अझै व्यक्तिगत तरिकाबाट सम्पर्क गर्न सकिन्छ । यसमा भएको डुअल क्यामेरा को साथ अप्टिकल इमेज स्टेलिाइजेशन (ओआईएस)ले जस्तो सुकै अवस्थामा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सकिन्छ ।

नेपालका हजारौं ग्राहकहरुको मन जित्न सफल सामसुङ नोट सिरिजमा अत्याधिक सुरक्षा संयन्त्रको लागि सामसुङ नोक्स प्रविधि प्रयोग गरिएको छ । यसले ग्राहकलाई आजको अत्याधुनिक प्रविधिसँग जीवन्त राख्न विशेष सहयोग प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी नोट-८ मा इन्फिनिटी डिस्प्ले, सुधारिएको एस-पेन र ट्रु डुअल क्यामेरा छ । सामसङले आफ्ना ग्राहकहरुको चाहनालाई सदैव आत्मसाथ गर्दै उनीहरुको आवश्यकता एवम् चाहनालाई पूरा गरी सहजता प्रदान गर्दै आएको र यही सिलसिलामा बजारमा यो स्मार्ट फोन भित्र्याइएको सामसङ नेपालका प्रमुख स्थापितले उल्लेख गरे ।

ग्यालेक्सी नोट-८ मा सहजै हातमा लिन सकिने ठूलो स्क्रीन छ । जुन ६.३ इन्च क्वाड एचडीसहित सुपर एमोलेड इन्पिmनिटी डिस्प्लेयुक्त छ ।

त्यसैले यो अल्टिमेट मल्टीटास्किङ स्मार्टफोनमा थोरै स्क्रोल गरी धेरै देख्न, पढ्न र आफूलाई चाहिएको कुरा सहजै रुपमा पेनको सहायताले लेख्न सकिन्छ ।

साथै मल्टी विन्डो सुविधाबाट पनि अझ धेरै सुविधाहरु प्राप्त गर्न सकिने छ । एप पेयर सुविधा अर्थात दुईवटा एप्स एकै पटक चलाउन सकिने सुविधा पनि यसमा छ । ग्यालेक्सी नोट-८ मा भएको यस्तो सुविधाबाट भिडियो हेर्दै गरेको अवस्थामा पनि साथीलाई मेसेज वा फोन गर्न सहजै सकिन्छ ।

यसमा भएको एस-पेनले सहजै रुपमा लेख्न सकिन्छ । साथै फोनका सम्पूर्ण नयाँ नयाँ फिचरहरु सञ्चालन गर्न पनि सकिन्छ । साथीसँग कुराकानी गर्दा होस् वा अन्य एपहरु सञ्चालन गर्दा यस पेनले भिन्नै किसिमको अनुभव प्रदान गर्दछ । फिंगर टिप, सुधारिएको सेन्सिभटीजस्ता विशेषता युक्त एसपेनले प्रयोगकर्तालाई अन्य स्टाइलस स्मार्टफोनको तुलनामा वेग्लै अनुभव प्रदान गर्छ ।

र्जीआईफ सपोर्ट सुविधाले सन्देश आदान प्रदानमा जिवन्तता प्रदान गर्दछ । अल्वेज अन डिस्प्ले को सुविधाले गर्दा अनलक नगरी फोनमा भएका नोटिफिकेसनहरु हेर्न सकिन्छ र यो ग्यालेक्सी नोट-८ मा यो सुविधालाई अझ सुधारिएको छ । यसमामा भएको स्क्रियन अफ मेमोले १०० पानासम्मको मेमो अनलक नगरीकन टिप्न सकिन्छ । यसका अतिरिक्त सुधारिएको एस-पेनले ट्रान्सलेटर र कन्भर्टरको पनि विशेष काम गर्छ ।

यसबाट ७१ वटा भाषाहरु तुरुन्तै आफूलाई चाहिएको भाषामा रुपान्तरण गर्न सकिन्छ । र विदेशी मुद्राको विनिमिय दरलाई पनि रुपपान्तरण गर्न सकिन्छ ।

सामसङले ग्यालेक्सी नोट-८ मा हालसम्मकै शक्तिशाली क्यामरा रहेको बताएको छ । १२ मेगा पिक्सलका दुई वटा क्यामरा लेन्स यसमा छन् ।

फोटो र भिडियोको लागि अप्टिकल इमेज स्टेलिाइजेशन (ओआईएस) प्रविधि रहेको हुँदा यसबाट वाइड एंगल र टेलिफोटो दुबै खिच्न सकिन्छ ।

ग्यालेक्सी नोट-८ को लाइभ फोस फिचरले उच्चस्तरीय फोटो खिच्न मद्धत गर्दछ । यसले फोटोको डेप्थ अफ फिल्डलाई नियन्त्रण गरी कुनै पनि फोटो लिनु अघि र पछि बोकइफेक्ट मिलाउन सकिन्छ ।

डुअल क्याप्चर मोड को माध्यमले एकै पटकमा क्लोजप फोटो र टेलिफोटो लिन सकिने फेस अफदि सामसुङ योगीले बताइन् ।

डुअल पिक्सल सेन्सर विद र्‍यापिड अटो फोकस सुविधायुक्त वाइड एंगल लेन्स ले कम उज्यालोको अवस्थामा पनि चुस्त र सफा फोटो लिन सकिन्छ । अगाडि रहेको स्मार्ट अटो फोकस क्यामराले अझै राम्रो सेल्फी र भिडियो च्याट गर्न सकिन्छ ।

ग्यालेक्सी नोट-८ र एसपेन दुबै पानी र धुलो प्रतिरोधक विशेषतायुक्त छन् । चाँडो रिचार्ज हुने वायरलेस चार्जिङले सहज एवम् सुविधाजनक तरिकाबाट चार्ज गर्न सकिन्छ ।

यसमा भएको ६ जिबि र्‍याम तथा १० एनएम प्रासेसर र २५६ जिबिसम्म बढाउन सकिने मेमोरिले इन्टरनेट चलाउन, गेम खेल्न, भिडियो हेर्न र एकै पटकमा विभिन्न कार्य गर्नको लागि विशेष शक्ति प्रदान गर्दछ ।

ग्यालेक्सी नोट-८ मा बायोमेटि्रक एन्थेन्टिकेशन अप्सन, आइरिस, तथा फिंगरप्रिन्ट सेन्सिङ , फेस रिकग्निसन, पीन, प्याटनर्सर पासवर्ड जस्ता सुरक्षा संयन्त्र छन् ।

सासुङ नोक्सले तथा हार्डवेर र सफ्टवेरले अझै उच्च सुरक्षा प्रदान गर्दछन् । यसमा भएको सुरक्षित फोल्डर सुविधाले तपाइँका व्यक्तिगत र व्यावसायिक डाटालाई छुट्टा छुट्टै राख्दछ ।

मूल्य

नेपालमा ग्यालेक्सी नोट-८ को बजार मूल्य १ लाख २ हजार ९९० रुपैयाँ तोकिएको छ । यो नेपालमा २०७४ असोज २४ गते देखि मिडनाइट ब्ल्याक र मेपल गोल्ड रंगमा उपलब्ध हुने छ ।

यसको पि्र-बुकिङ्ग सुविधा असोज २ बाट नेपालभर रहेका सामसङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरहरुबाट गर्न सकिने स्थापितले जानकारी दिए । यो अवधि भित्र ग्राहकहरुले प्रि-बुकिङ्ग गरेमा यसको सामसुङ कन्र्भटेशल वायलेस चार्जर निःशुल्क प्राप्त गर्न सकिनेछ । ग्राहकले एनसेलसँगको सहकार्यमा १६ जिबि फोर-जी डाटा अर्थाथ प्रति महिना २ जिबी दरले ८ महिनासम्म प्राप्त गर्नेछन् ।

साथै शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ८ महिना भित्र सेट फुटेमा बीमा सुरक्षा पनि प्रदान गरिएको छ । विभिन्न बैंकहरु मार्फत् सहज किस्ता वन्दी योजना पनि उपलब्ध रहने छ ।