काठमाण्डौ । पेट्रोलियम पदार्थमा अचाक्ली मूल्यवृद्धि भएसँगै सरकारले दशैंको मुखमा सार्वजनिक यातायातको भाडादरमा १० प्रतिशत वृद्धि गरेको छ । 

योसँगै दशैं तथा ठूला चाडपर्व महङ्गिने निश्चित भएको छ भने यातायात व्यवसायीले दशैंअघि भाडा नबढाएसम्म दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने अडानसामु सरकार झुकेको पुष्टि भएको छ । 

यातायात व्यवस्था विभागले यसअघि ०७२ साल माघ २५ गते सार्वजनिक सवारीको भाडादर समायोजन गरेको थियो । सो बेला पेट्रोलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र डिजेलको मूल्य ७५ रुपैयाँ रहेको थियो । हाल पेट्रोलको मूल्य बढेर ११४ रुपैयाँ प्रतिलिटर र डिजेलको १०१ रुपैयाँ कायम भएको छ । यसैलाई आधार बनाई भाडादरमा १० प्रतिशत वृद्धि गरिएको विभागको प्रष्टोक्ति छ ।

नयाँ भाडादर असोज ७ गतेदेखि नै लागू भइसकेको छ । 

विभागले विगतमा सार्वजनिक सवारी साधानको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मान्ने गरेको थियो । 

विभागले तोके अनुसार देशभरका कुन गन्तव्यको भाडा दर बढेर कति पुग्यो ? हेर्न यहाँ क्लिक गर्नुहोस् ।