काठमाण्डौ । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाएको छ । 

यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा २० प्रतिशतसम्म वृद्धि गरेको हो । 

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा ईन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुने गरेको थियो । 

भाडा निर्धारणका सबैसूचकलाई हालको बजार मूल्य समेतलाई ध्यानमा राखी क्याल्कुलेसन चार्टमा भाडादरलाई प्रभाव पार्ने सबै सूचकहरुलाई हालको मूल्यको आधार लिई हाल प्रचलनमा रहेको भाडादरमा गत असोज ७ गते कायम भाडादरमा यात्रुवाहक सार्वजनिक बस, मिनिबस, माईक्रोबस र जीप, मालवाहक तराई, मालवाहक काठमाण्डौ–पोखरादेखि नारायणघाटको २० प्रतिशतले र मिटर जडित ट्याक्सीको भाडादरमा १२ प्रतिशतका दरले वृद्धि गरी समायोजन गर्ने गरी निर्णय भएको विभागको प्रष्टोक्ति छ । 

विभागले अघिल्लो वर्षको असोजमा मात्रै लामो रुटमा चल्ने सार्वजनिक यातायातको भाडादर १२ प्रतिशतले बढाएको थियो । यसरी ९ महिनाकै अन्तरालमा पुनः भाडा बढेको हो । 

पेट्रोलियम मूल्यवृद्धि, सवारी साधन तथा तिनका पार्टपूर्जा तथा लुब्रिकेन्ट्सको समेत मूल्यवृद्धि, भन्सार तथा राजश्व दरमा भएको वृद्धि लगायतलाई कारण देखाउँदै वैज्ञानिक ढंगले भाडादर समायोजनको निर्णय गरिएको विभागका अधिकारीहरुको दाबी छ । 

भाडा बढेपछि अब कुन रुटको भाडा कति पुग्यो ? हेर्नुहोस् सूचि: