काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा विक्री प्रबन्धकत्वमा रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत गरिएको छ । 

एनआइसी एशिया क्यापिटल लिमिटेडले शेयर बाँडफाँट भएको छोटो समयमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सिडिएससी एण्ड क्लियरीङ्ग लिमिटेडमा शेयर सूचिकृत गर्न सफल भएको हो । 

सूचिकृत भएलगत्तै डिम्याट खातामा जम्मा गरिएका  शेयरको आगामी बुधवारबाट दोश्रो बजारमा सर्वसाधारणहरुले खरिद बिक्री गर्नसक्ने क्यापिटलले एक विज्ञप्तिमार्फत जनाएको छ । 

एनआइसी एशिया क्यापिटल लिमिटेडले साधारण शेयर निष्काशन तथा विक्री प्रबन्धन गरेकोे आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण शेयर बाँडफाँट भएको २ सातामै शेयर सूुचिकृत गर्न सफल भएको हो । यसअघि आवेदनमा पूर्णरुपमा सीआस्बा प्रणाली लागू गरिए पश्चात एनआइसी एशिया क्यापिटल लिमिटेडले शेयर आवेदन बन्द भएको २ दिनमै बाँडफाँट गरी सार्वजनिक निश्कासनको क्षेत्रमा कोशेढुंगा सिर्जना गरेको थियो । 

एनआइसी एशिया क्यापिटल लिमिटेडले द्रूत गतिमा कार्यसम्पदक गर्नुका साथै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएससी एण्ड क्लियरीङ्ग लिमिटेड लगायत अन्य नियामक निकायहरुको समन्वयमा छोटो समयमा शेयर निष्काशन गरी बाँडफाँड तथा सूचिकृत गर्न सफल भएको हो ।

निश्कासन तथा बिक्रीप्रबन्धकसँगै एनआइसी एशिया क्यापिटलले पुँजी बजारमा लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), म्युचुल फण्ड, एकलाख पन्ध्र हजार अधिक डीम्याट(डीपी) सेवा, चारवटा कम्पनीको शेयर रजिष्ट्रार, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । एनआइसी एशिया क्यापिटलले निःशुक डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्ण रुपमा नलाग्ने व्यवस्था गरेको छ ।