काठमाण्डौ । होटेल वा रेस्टुराँमा ‘टी ब्याग’ वाला चियाको प्रयोग निकै बढ्दै गएको छ । ग्राहकले चिया अर्डर गर्दा चियासँगै ‘टी ब्याग’ पनि ल्याइदिन्छन् । ग्राहक त्यही ‘टी ब्याग’ लाई हालेर चियाको मज्जा लिन्छन् ।

हालैको एक अनुसन्धानले चिया पिउँदा प्रयोग गरिने यस्ता ‘टी ब्याग’ मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको तथ्यांक बाहिर निकालेको छ । अनुसन्धान यस्ता प्लास्टिकका ‘टी ब्याग’ मा अतिसूक्ष्म आकारका लाखौँ प्लास्टिकका कण मानिसको शरीरभित्र पुग्न सक्छ । यस्ता प्लास्टिक कण सजिलै नष्ट हुँदैनन् र यसले बिस्तारै मानिस शरीरलाई कमजोर पार्दै लैजान्छ र विभिन्न रोगको सिकार बनाउँछ ।

इन्भाइरोमेन्टल साइन्स एन्ड टेक्नोलोजी पत्रिकाका प्रकाशित अनुसन्धान नतिजाअनुसार त्यस्ता ‘टी ब्याग’ बाट निस्किने प्लास्टिकका कणका आकार १०० नानोमिटरभन्दा पनि कम हुन्छ । 

क्यानडास्थित म्याकगिल युनिभर्सिटीका शोधकर्ताहरुले पर्यावरण, जल र खाद्य शृंखलामा मौजुद अतिसूक्ष्म कणबारे पत्ता लगाएका छन् तर अहिलेसम्म यो चाहिँ पत्ता लागेको छैन कि यस्ता कण कत्तिको हानिकारक हुन्छन् । शोधकर्ता नताली तुफेन्कजी र उनका सहयोगीले प्लास्टिक ‘टी ब्याग’ पेय पदार्थमा अति सूक्ष्म कण पुर्याउने गरेको पत्ता लगाएका थिए । उनीहरुले आफ्नो अनुसन्धानलाई मूर्त रुप दिन चारवटा अलगअलग खालका ‘टी ब्याग’ किनेका थिए । उनीहरुले त्यसबाट चियाका पत्ती निकालेर धोए र त्यसपछि प्रयोग गरे ।

इलेक्ट्रोन माइक्रोस्कोपको प्रयोग गरेर यो टिमले पत्ता लगाएकी एउटा प्लास्टिक ‘टी ब्याग’ले तातो पिय पदार्थमा करिब ११.६ अर्ब माइक्रोप्लास्टिक र ३.१ अर्ब नानोप्लास्टिक कण फैलाउँछन् । –एजेन्सी