झापा – मानव स्वास्थ्यलाई प्रतक्ष्य असर पार्ने अखाद्य पदार्थ मिश्रण गरेर उत्पादित आइसक्रिम खुलेआम विक्रि-वितरण भइरहेको पाइएको छ ।

आइसक्रिम, कुल्फी, बरफ लगायतमा अनुगमन नगर्दा झापाका विभिन्न बजारमा अखाद्य बस्तु मिसाइएका आइसक्रिम, कुल्फी, बरफ खुलेआम विक्रि-वितरण भइरहेको पाइएको छ ।

आइसक्रिम बनााउन प्रयोग हुने ‘आइसिङ सुगर’ (एक प्रकारको केमिकल) रहेको र त्यो केमिकल बढी भए मानव स्वास्थ्यमा प्रतक्ष्य असर पर्ने डाक्टरहरुले बताएका छन् ।

त्यस्तै ‘स्किन मिल्क पाउडर’, ‘काष्टम पिठो’, ‘आरारोट’को मात्रा नमिलाउँदा त्यसले पनि स्वास्थ्यमा प्रतक्ष्य असर पार्ने खाद्य विशेषज्ञ पशुपति मिश्र बताउँछन् । यो खबर आजको कारोबारमा छापिएको छ ।