काठमाण्डौ । यदि तपाइँ धेरैजसो मोबाइल बैंकिङ प्रयोग हुन्छ भने अब सर्तक हुन जरुरी छ। किनकि मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइलमा कुनै सफ्टवेयर डाउनलोड गर्दा सवधानी अपनाउनु निकै जरुरी छ । नत्र त्यस्ता सफ्टवेयरमार्फत अपरिचित गिरोहले तपाइँको बैंक खाता रित्याउन सक्छन् । 

हालै भारतको एचआईएफसी बैंकले पनि आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ प्रयोग गर्दाको समयमा फोनमा सफ्टवेयर डाउनलोड गर्दा सावधानी अपनाउन सूचित गरेको छ । बैंकले जारी गरेको सूचनामा भनिएको छ कि कतिपय यस्ता घटना सार्वजनिक भएका छन् जसमा ग्राहकको मोबाइलमा फोन गरेर उनीहरुको फोनमा एनीडेक्सजस्ता एप डाउनलोड गर्न लगाइएको छ । त्यसपछि त्यो एपको मद्दतले ग्राहकको यूपीआई सेवा प्रयोग गरी ठगी गर्ने काम भइरहेको छ। 
 

यो एपद्वारा कुनै पनि दोस्रो व्यक्तिको फोन वा कम्प्युटरलाई कन्ट्रोल गर्न सकिन्छ । त्यसैले मोबाइल बैंकिङ प्रयोगकर्ताले यसप्रति विशेष ध्यान दिन जरुरी छ । 
 

कुनै किसिमको संदिग्ध कल वा मेसेजबाट मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता सावधान रहन जरुरी छ । यदि त्यस किसिमको कल वा मेसेजमार्फत कुनै सफ्टवेयर डाउनलोड गर्न भनियो भने नगर्नुहोस् र आफ्ना व्यक्तिगत महत्वपूर्ण जानकारी पनि नदिनुहोस् ।

यदि तपाइँलाई कुनै कारण एनीडेक्स डाउनलोड गर्नुप¥यो भने त्यसको प्रयोग गरेपछि अनस्टल गरिहाल्नुहोस् । त्यसपछि तत्कालै यो सफ्टवेयर पूर्ण रुपमा मोबाइलबाट हट्या छ छैन भनेर पुनः चेक गर्नुहोस् । 

तपाइँले आफ्नो मोबाइल, मोबाइल बैंकिङ वा पेमेन्ट एप लक लगाएर राख्न जरुरी छ । एप लकको कोड कसैलाई पनि भन्नुहोस् ।

यदि तपाइँको मोबाइल फोन वा बैंक खातामा कुनै किसिमको तलमाथि गरिएको शंका लागेमा तुरुन्त सम्बन्धित बैंकलाई जानकारी गराउनुहोस् । – एजेन्सी