काठमाण्डौ । ह्वाट्स एपबाट पठाइएको सन्देश छेडछाड गरी गलत तरिकाले फैलिने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । यद्यपि यो समस्या समाधान अझै हुन सकेको छैन ।

एक अमेरिकी सिक्युरिटी कम्पनी चेक प्वाइन्टले यस्तो टुल बनाएको छ, जसको माध्यमबाट ह्वाट्स एपमा पठाइएको सन्देश तोडमोड गर्न सकिन्छ । यो टुलका माध्यमबाट तपाइँले अरुलाई पठाएको सन्देश पूरै फेरबदल गर्न सकिन्छ ।

मानौँ- यदि तपाइँ बिरामी पर्नुभयो र अफिसमा छुट्टी घरमा बसिरहनुभएको छ । यस्तैमा अफिसमा काम गर्ने साथीले ह्वाट्स एपमार्फत तपाइँको अवस्था के छ भनेर सोध्यो । तपाइँले रिप्लाई गर्दा ‘म बिरामी परेको छु, अहिले औषधि खाएर सुतिरहेको छु’ भनेर सन्देश पठाउनुभयो । तर सोही टुलमार्फत तपाइँको सन्देश तोडमोड गरेर यस्तो लिन सक्छ, ‘म हालखबर ठिक छ, म एउटा पार्टीमा रमाइलो गरिरहेको छु’ भन्ने लेखिन सक्छ ।

यस किसिमको सन्देशले नराम्रो असर पुर्याउन सक्छ । त्यसैले ह्वाट्स एपमाफृत सन्देश पठाउँदा सावधानी अपनाउन जरुरी हुन्छ ।

रिसर्चरहरुले ह्वाट्स एपमा मुख्यतः तीनवटा कमजोरी निकालेका थिए। तीमध्ये दुईवटा कमजोरी फेसबुलले ठिक गरिसकेको छ । तर यो सन्देशमा हुने छेडछाड समस्या हटाउन भने निकै मुस्किल रहेको फेसबुकले जनाएको छ । किनकि युजरको सन्देशमाथिको गोपनीयता राख्न फेसबुकले इनक्रिप्सन टेक्नोलोजी प्रयोग गरेको छ । जसका कारण यो समस्या समाधान गर्न मुस्किलमात्र होइन असम्भवै रहेको जानकारहरु बताउँछन् ।

विश्वभर १८० देशमा करिब १५० करोडभन्दा बढी ह्वाट्स एप युजर छन् । हरेक दिन ७ हजार करोडभन्दा बढी सन्देश ह्वाट्स एपमार्फत आदानप्रदान हुने गरेको तथ्यांक छ ।

हरेक दिन १०० करोड ह्वाट्स एपका एक्टिभ युजर हुन्छन् भने ३ करोड सन्देश हरेक मिनेटमा पठाइने गरिन्छ ।

फेसबुकले सन् २०१४ मा ह्वाट्स एप किनेको थियो । – एजेन्सी