काठमाण्डौ। यदि तपाइँको कम्प्युुटर वा ल्यापटपमा विइन्डोज १० अपरेटिङ छ भने तपाइँको लागि एकदमै जरुरी खबर छ। यो बेला तपाइँले सिस्टममा विन्डोज १० अपडेट गर्दा तपाइँको नेटले काम गर्न बन्द गर्न सक्छ।

खबरका अनुुसार नयाँ अपडेटमा एउटा बग छ जसले इन्टरनेटलाई सिस्टममा कनेक्ट गर्नबाट रोक्न सक्छ। यदि तपाइँ ‘वर्क फ्रर्म होम’ मा हुुनुुहुुन्छ भने यसले तपाइँको काममा बाधा पुुर्याउन सक्छ। त्यसैले यस्तो अवस्थामा विन्डोज १० लाई अपडेट नगरेकै राम्रो हुुन्छ। 

विशेषज्ञहरुले पनि विन्डोज १० का प्रयोगकर्तालाई अपडेट गर्नबाट बच्न सुुझाव दिएका छन्। उनीहरुका अनुुसार अपडेट गर्दा तपाइँको सिस्टममा भएका कयौ एपहरुले काम गर्न छोड्न सक्छन्। 

जानकारीका अनुुसार जुुन डिभाइसमा भीपीएन वा म्यानुुयल र अटो कन्फिगर्ड प्रोक्सी प्रयोग भइरहेको छ, त्यस्ता डिभाइसमा ‘लिमिटेड’ या ‘नो इन्टरनेट कनेक्सन’ को समस्या हुुन सक्छ। 

विन्डोज १० मा रहेको बगका कारण माइक्रोसफ्ट टिम्स, अफिस ३६५, आउटलुुक, इन्टरनेट एक्सप्लोलर ११ र माइक्रोसफ्ट एपका केही भर्जनवाला एपले राम्रोसँग काम नगर्न सक्छ। माइक्रोसफ्टबाट प्राप्त जानकारीका अनुुसार यदि तपाइँ विन्डोज १० को भर्जन १९०९, १९०३, १८०९, १७०९ र विन्डोज १० इन्टरप्राइजेज एलटियससी २०१९ लाई अपडेट गर्नुुहुुन्छ भने तपाइँले समस्याको सामना गर्नुुपर्ने हुुन्छ। 

माइक्रोसफ्टले यो समस्या समाधान गर्न काम गरिरहेको जनाएको छ। यसको समाधान अप्रिलको सुरुआतसम्म भइसक्ने विश्वास लिइएको छ। 

यदि तपाइँलाई केही समस्या परिरहेको छ भने सिस्टमलाई रिस्टार्ट गर्न सक्नुुहुुन्छ। – एजेन्सी