काठमाण्डौ । अधिकांश जलविद्युत कम्पनीहरुको आइपीओ बिक्री नभएर चौपट भइरहेको बेला सिंगटी हाइड्रो इनर्जी पनि आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । 

यो कम्पनीले बोर्डमा रु. १०० दरका ४३ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै आवेदन दिएको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमीटेड रहेको छ । 

यो कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी आइपीओ फोरको रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङको अर्थ कम्पनीको वित्तीय अवस्था औसत भन्दा पनि कमजोर छ भन्ने हो । 

सिंगटी हाइड्रो सुरुवातमा प्राइभेट लिमीटेड कम्पनीको रुपमा रहे पनि पछि यो पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । 

यो कम्पनीको दोलखाको सिंगटी नदीमा २५ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।