काठमाण्डौ । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यलाई निरन्तरता दिएको छ। 

परिसंघका अध्यक्ष सतिशकुमार मोरले शनिवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरण(पीपीई) १०० थान तथा ७५ हजार थान मास्कहरु हस्तान्तरण गरे । 

हाल विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु उपलब्ध गराइएको र निकट भिवष्यमै विदेशबाट सामान आयात गरी थप आवश्यक सामाग्रीहरु समेत उपलब्ध गराउने उनले जानकारी दिए  ।

अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन सवैमा अपिल समेत गरे । 

हस्तान्तरणका अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु राजेश अग्रवाल, सुलभ अग्रवाल समेतको सहभागिता थियो । 

स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरणहरु मित्र राष्ट्रहरुमा संकलन गरी आयातको व्यवस्था मिलाई रहेको तथा मास्क नेपालमै उत्पादन भइरहेको  परिसंघले जनाएको छ । 

त्यस्तै संकटको यस घडीमा सवैलाई संयमित हुन र सरकारले जारी गरेका सवै निर्देशनको पालना गर्न समेत अनुरोध गरेको छ ।