काठमाण्डौ । नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोबिल विभाग सिजी मोटोकोर्पले विभिन्न विधाका ५ उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ । 

कम्पनीले २०१७ को सर्वाधिक पार्ट्स विक्रीवितरणप्रति साधन दक्षिण एसिया, २०१७को सर्वाधिक मर्मत अर्डर वृद्धि दक्षिण एसिया, २०१७ को सर्वाधिक नेटवर्क विस्तार पुरस्कार जित्न सफल रह्यो भने २०१७ को सर्वाधिक बजार सेयर तथा २०१७को सर्वाधिक बिक्रीवितरण उपाधिमा द्वितीय स्थान हात पार्न सफल रह्यो । 

यही २७–२८ सेप्टेम्बरमा नयाँदिल्लीमा आयोजित उक्त अवार्ड समारोहमा उत्कृष्ट नामहरु अफ्रिका, मध्यपूर्व तथा दक्षिण एसियाका प्रतिनिधिका रुपमासहभागी ६० भन्दा बढी सुजुकी कार बिक्रेताहरुमध्ये छनौट गरिएको थियो । 

सिजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, “हामी यस अवार्र्ड हाम्रा मूल्यवान् ग्राहक वर्गलाई समर्पण गर्न चाहन्छौं, जसले सुजुकी ब्राण्डलाई आफ्नो जीवनको सदस्यको रुपमा रोज्नुभयो । ग्राहकहरुको यस सुजुकी ब्राण्डसँगको अनुभवलाई अविस्मरणीय बनाउन सहयोग पुर्याउने हाम्रो सम्पूर्ण टोलीको योगदान प्रशंसनीय छ ।” 

विक्रीवितरण, सर्भिस तथा स्पेयर पार्ट्सको क्षेत्रमा नवीनता प्रस्तुत गरिरहेको सुजुकी नेपालमा सर्वाधिक बिक्री हुने सवारी साधन ब्राण्ड हो, जसको नेटवर्क देशका अत्यधिक स्थानमा फैलिएको छ ।