काठमाण्डौ । सिटिजन्स बैंकको एफपीओ खरीदका लागि आवेदन दिएकामध्ये १६ हजार ३ सय २७ जना खालि हात फर्किएका छन् । सेयरको सार्वजनिक निश्कासन निर्देशिकाले गरेको व्यवस्था अनुसार प्रत्येक आवेदकलाई १० कित्ता न्यूनतम सेयर गोलाप्रथाबाट वितरण गरिएकोले ४६ हजार ३ सय ८२ जनाले मात्र सेयर पाएका छन् । 

यीमध्ये ६ जनाले ११ कित्ताको दरले पाए भने बाँकी सबैले १० कित्ताको दरले सेयर पाएका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले लिमीटेडले जनाएको छ । 

शुक्रबार बिहान भएको बाँडफाँडको क्रममा क्यापिटलका अधिकारीहरुले एफपिओमा कुल ६२ हजार ७ सय ८२ वटा आवेदन र कुल ६१ लाख ५ हजार ६ सय ३० कित्ता सेयर खरीदका लागि दरखास्त परेको बताएका छन् । आवेदन दिएकामध्ये ७३ वटा रद्ध भएका छन् ।

रद्ध भएको बाहेक कुल ६२ हजार ७ सय ९ आवेदकको आवेदन सदर गरिएको र त्यसमध्येबाट गोलाप्रथाको माध्यमबाट  सेयर बाँडफाँड गरिएको हो । 
सिटिजन्स बैंक इन्टरनेशनलले साउन १५ देखि १८ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गरेको थियो । एफपीओमा १३ गुणा भन्दा बढीको आवेदन परेको थियो । 

बैंकको एफपीओ बाँडफाँडसँगै संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कामय भएको छ । एफपीओसँगै बैंकको चुक्तापूँजी र जगेडाकोष ४ करोड ६३ लाख रुपैयाँको दरले रकम थप भएको छ । 

सिटिजन्स बैंकको एफपीओ कस कसलाई पर्यो ? सूचि हेर्न यहाँ क्लिक गर्नुहोस ।