काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेड र प्रभूू इन्स्योरेन्सलाई हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

बोर्डले सिटिजन्स बैंकलाई २५ प्रतिशत र प्रभूू इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको हो । 

बोर्डका अनुसार सिटिजन्स बैंकले १० बराबर २.५ को अनुपात(२५ प्रतिशत)मा हकप्रद जारी गर्नेछ । एकसय रुपैयाँ अंकित मूूल्यको कुल १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता हकप्रद निश्कासनको बैंकले अनुमति पाएको हो । 

यो बैंकको हकप्रद निश्कासनमा सानिमा क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । 

सिटिजन्स बैंकको चुक्तापूँजी हाल ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ६ अर्ब ९२ करोडको उचाईमा पुुग्नेछ । यो बैंकले ८ अर्ब पुुग्न बाँकी रकम चालुु आर्थिक वर्षको बोनसबाट जुटाउनेछ । 

सिटिजन्स बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ६३ करोड १६ लाख खूद नाफा आर्जन गरेको छ । 

यसैगरी, प्रभूू इन्स्योरेन्सले २ बराबर १ को अनुपात(५० प्रतिशत)मा हकप्रद निश्कासनको अनुमति पाएको छ । अब यो बिमा कम्पनीले १ सय रुपैयाँ अंकित मूूल्यको कुल १९ लाख २५ हजार ७९ कित्ता हकप्रद सेयरधनीका लागि निश्कासन गर्नेछ । प्रभूू क्यापिटल लिमीटेडले प्रभूू इन्स्योरेन्सको कुल १९ करोड २५ लाख बढीको हकप्रद निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको काम गर्नेछ । ५० प्रतिशत हकप्रद निश्कासनपछि यो कम्पनीको चुक्तापूँजी ५७ करोड ७५ लाखको उचाईमा पुुग्नेछ । 

प्रभूू इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो कम्पनीको प्रिमियमबाट खूद आम्दानी २२ करोड २५ लाख पुुगेको छ ।