काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनललाई धितोपत्र बोर्डले एफपीओ निश्कासनको अनुमति दिएको छ । 

एनएमबी बैंकको एफपीओ बाँडफाँड भई नेपाल बैंकको एफपीओ नबिकेर चौपट भइरहेको बेला सिटिजन्सलाई प्रतिकित्ता २०० रुपैयाँको दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निश्कासनको अनुमति दिइएको बोर्ड स्रोतले जानकारी दिएको छ । 

सिटिजन्स बैंकले कुल ९ करोड २७ लाख ६५ हजार २ सय रुपैयाँ बराबरको एफपीओ निश्कासन गर्नेछ । 

बैंकको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । 

एफपीओपछि बैंकमा संस्थापक र साधारण सेयर अनुपात ५१: ४९ प्रतिशत कायम हुने बैंकका डेपुटी सीइओ गणेशराज पोखरेलले जानकारी दिए ।