काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई दि इन्स्टिच्यूट अफ चार्टर्ड अकाउण्टेन्ट्स अफ नेपाल(आइक्यान)बाट आयोजित कार्यक्रममा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(उत्कृष्ट वार्षिक प्रतिवेदन) अवार्ड २०१७(बैंकिङ क्षेत्र)बाट पुरस्कृत गरिएको छ । 

यो पुरस्कार आइक्यानबाट आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखा प्रतिवेदनलाई संस्थागत सुशासन, बैंकको उद्देश्य, जोखिम व्यवस्थापन, गन्तव्यको लेखाविवरण तथा लेखा सम्बन्धी टिप्पणी तथा अन्य डिस्क्लोजरका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट वार्षिक लेखाप्रतिवेदनलाई दिईने पुरस्कार हो ।

यस अगावै पनि बैंकको वार्षिक प्रतिवेदनलाई वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०५ बाट पुरस्कृत गरिएको थियो। साउथ एशियन फेडेरेसन अफ अकाउण्टेन्ट्स(साफा)बाट बंगलादेशमा आयोजित साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट्स अवार्ड्स २०१५ समारोहमा बैंकले सार्क एनिभर्ससरी अवार्ड फर कर्पोरेट गभरनेन्स र प्राइभेट सेक्टर बैंक्समा सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको थियो । 

बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुशासनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीनलाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।