काठमाण्डौ । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारा लिई अगाडि बढेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साउन २४ गते कञ्चनपुरको मालिका बालविद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, महेन्द्रनगर शाखाका प्रबन्धक, नरेन्द्र चन्दले कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नं २, भासीमा रहेको मालिका बालविद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायलाई रू ५१ हजार ६ सय ५० को चेक हस्तान्तरण गरे ।

सो रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई रू २६ हजार २ सय तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई रू२५ हजार ४ सय ५० को छात्रवृति प्रदान गरिने विद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायले जानकारी गराए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीनलाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।