काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गुड नेइबर इन्टरनेशनलको सहकार्यमा नगद वितरण कार्यक्रम आयोजना गरेको छ । 

विशेष गरी स्थानीय बाटो निर्माण गरेबापत “कामका लागि नगद” वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो।

डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाउँपालिकामा नगद वितरण(क्यास क्याम्प) कार्यक्रमको आयोजना गरी बैंकले ३६३३ परिवारलाई कूल नगद रु ५१,७७६,८३५.००   वितरण गरेको हो ।

बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको हाल देशभर ७९ वटा शाखा, ७२ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाईहरु रहेका छन् ।

बैंकसँग करिब तीन लाख पचास हजार ग्राहक आबद्ध छन् ।