काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ऋणपत्र निश्कासनको प्रक्रियालाई अगाडि बढाएको छ । 

यो बैंकले मंसिर २ गते ऋणपत्र निश्कासका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेडलाई निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । 

यो बैंकले रु १००० अंकित दरका २५,००,००० कित्ताले हुुन आउने रु २ अर्ब ५० करोड बराबरको “सिटिजन्स बैंक बण्ड २०८५” नामको ऋणपत्र निश्कासन गर्न खोजेको छ ।

ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रु २ अर्ब ५० करोड बराबरका ऋणपत्रमध्ये ८० प्रतिशत(रु २ अर्ब)व्यक्तिगत(प्राइभेट प्लेसमेन्ट) र २० प्रतिशत(रु ५० करोड) सर्वसाधरणहरु(पब्लिक इस्यू)का लागि सुरक्षित गरिएको छ । नेपाल धितोपत्र बोर्डको स्वकृतिपश्चात ऋणपत्रको बिक्री खुल्ला हुने बताइएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीनलाख पचास हजारलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।