काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बीमा सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे।

यस सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसी खरीद गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दाबीभुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् । 

यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्नसक्ने विश्वास बैंकले लिएको छ ।