काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बीमा सेवा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको निर्र्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् । 

यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटोछरितो र सहज रुपमा बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर  फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिब चारलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।