काठमाण्डौ । ‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुधबार एकै दिन काठमाण्डौँ दुई ठाउँमा शाखा विस्तार गरेको छ ।

शाखा विस्तार गर्ने क्रममा बैंकले ८३ औं शाखा काठमाडौँको लामबगर र ८४ औं शाखा सिनामंगल सञ्चालनमा ल्याएको हो। शाखा कार्यालयहरुमा पूजापाठ गरी बैंकिङ कारोबारको सुरुवात गरिएको छ । उद्घाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजकाअ गुवाहरुको उपस्थिति रहेको थियो ।

यी शाखाहरूमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटोछरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।