काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजीवन प्रभावित हँुदेै गएपछि सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।

न्यानो कपडाको अभावमा कष्टकर जीवनयापन गरिरहेका गरीब , सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला नामक गैरसहकारी संस्थासँगको सहकार्यमा बैंकल ेसामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत १५० थान कम्बल वितरण गरेको जनाएको छ ।

केही दिनयता लगातार शीतलहर चल्दा गरीब तथा अतिविपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न यो कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना ८५ वटा शाखा, ८६ वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।