काठमाण्डौ । सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सूविधा दिंदै आएको सिटिजन्स बैंकले ग्राहकहरुलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारम्भ गरेको छ । 

यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहकहरुले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना ९९० महिना० पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुने गरी रकम फिर्ता पाउने छन् । यस निक्षेप योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले देशभर फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट पाँच लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, डाफ्ट, भिसा डेविट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा ईन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम  झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलव्ध गराउँदै आएको छ ।