काठमाण्डौ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इटहरीस्थित माया घर नेपाललाई रू ८०,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मानसिक स्वास्थ्यमा समस्या भएको तथा सडकमा बेबारिसे भई जीवन र मृत्युको दोसाधमा जीवन विताईरहेका मानवहरुलाई पुर्नस्थापना गरी सीपमुलक तालिम संचालन गर्दै माया दिने छहारीमा राख्ने तथा पुर्नमिलन गराई जीवनदर्शन तथा आध्यात्मिक ज्ञानको मध्यमबाट समाजलाई सुसंस्कार तपÞर्m डो¥याँउने उद्देश्यले संचालित मायाघर नेपालको प्रांगणमा आयोजित एक समारोहका बीच उक्त सहयोग रकम प्रदान गरिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।