काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले एफपीओ निश्कासन गर्ने भएको छ । 

बैंकले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ५१:४९ प्रतिशत कायम गर्न निकट भविष्यमै ४ लाख ६३ हजार ८ सय २६ कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको हो । 

हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत र साधारण सेयरको ४८.७१ प्रतिशत स्वामित्व रहेको छ । 

बैंकको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ । 

यस्तै, यो बैंकको एफपीओ अण्डरराइट(प्रत्याभूति) सिभिल क्यापिटलले गर्नेछ । बुधबार सिटिजन्स बैंकको एफपीओ प्रत्याभूतिसम्बन्धी सम्झौतापत्रमा सिभिल क्यापिटलका सीइओ सुमन आचार्य र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठले हस्ताक्षर गरेका बताइएको छ । 

प्रिमियम मूल्यमा एफपीओ निश्कासन हुने भएकोले १०० रुपैयाँ अंकित दर बाहेक प्रिमियमबाट संकलित रकम रिजर्ब कोषमा जम्मा हुनेछ भने १०० रुपैयाँ प्रतिकित्ता दरले ४ करोड ६३ लाख रुपैयाँ बैंकको चुक्तापूँजीमा थप हुनेछ । 

धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याएको सार्वजनिक निश्कासनको निर्देशिकाले तोकेको मापदण्ड र शर्तहरुको अधीनमा रही सिटिजन्स बैंकले निश्कासन गर्ने एफपीओको मूल्य तोक्नुुपर्नेछ ।