काठमाण्डौ । सिटी एक्सप्रेसले मनी ट्रान्सफर अभिकर्ताहरुका लागि सञ्चालन गरेको ‘दशैं–तिहारमा उपहारको बहार’ योजनाका विजेताहरु घोषणा गरेको छ ।

मनी ट्रान्सफरका अभिकर्ताहरुको वैकल्पिक आयआर्जनका लागि जीवनबीमाको अभिकर्ताका रुपमा समेत कार्य गर्ने अवसर प्रदान गरी बीमासम्बन्धी कार्यलाई प्रोत्साहन गर्न सिटी एक्सप्रेसले गत भदौ १५ गतेदेखि पुस १५ गतेसम्म यो योजना सञ्चालन गरेको थियो ।

जसमा यस अवधिमा उत्कृष्ट व्यवसाय गर्न सफल नेपालटारस्थित एभरसेफ मनी ट्रान्सफरबाट सरला अधिकारी र रानीबारीस्थित अक्सफोर्ड नेपाल मनी ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट टिभी र ढल्कोस्थित फिनटेक सर्भिसेजका रवीन्द्र महर्जनले ४३ इन्चको सामसुङ स्मार्ट टीभी प्राप्त गर्न सफल भएका छन् ।

कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनबाट विजेताहरुलाई उपहार हस्तान्तरण गरिएको छ ।