काठमाण्डौ। सिटी एक्सपे्रस मनी ट्रान्सफरले हाल कार्यरत सम्पूर्ण कर्मचारीको कोरोना बीमा गरेको छ।

यस्तो विषम परिस्थितिमा विपे्रषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नुपरेको हुनाले सबै कर्मचारीले निरन्तर रुपमा कोरोनाभाइरससम्बन्धी सुरक्षण विधि अपनाएर दैनिक कार्यमा खटिरहेको अवस्थालाई ध्यानमा राखेर कोरोना बिमा गरिएको कम्पनीले जनाएको छ।

लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन्। तर विपे्रषण सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने हुदाँ नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आवश्यक कर्मचारीहरुमार्फत कार्यालयबाट विपे्रषण सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ। 

यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जनाएको छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्षदेखि विश्वभरि आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।