काठमाण्डौ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड–१९ विरुद्घ आफ्ना अभिकर्ताको बीमा गराएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितिमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नका लागि सबै अभिकर्ताको बीमा गराइएको सिटी एक्सप्रेसले जनाएको छ। सिटी एक्सप्रेसले अत्यावश्यक सावधानी अपनाउँदै नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै यस लकडाउनको अवस्थामा पनि आफ्ना सेवाग्राहीलाई विप्रेषण सेवा प्रदान गर्दै आइरहेको उल्लेख गरेको छ। 

सिटी  एक्सप्रेसले  विगत १३ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्े«लिया, युके, अमेरिकालगायत थुप्रै देशमार्फत विप्रेषण सेवा प्रदानगर्दै आइरहेको छ।

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८ हजारभन्दा बढी सेवा केन्द्रहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुिवधा प्रदान गर्दै आइरहेको छ।