काठमाण्डौ । काठमाडौंको मुटु कमलपोखरीमा रहेको व्यवसायिक भवन सिटी सेन्टरले प्रणय दिवस २०१९(भ्यालेन्टाइन डे २०१९)लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ । 

युवा वर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फ्रेबुअरीमा १५,००० पुरस्कार राशिको डान्स कम्पिटिसन गरिने सिटी सेन्टरले जनाएको छ । 

त्यसैगरी, सिटी सेन्टरमा १ फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म किनमेल गर्ने ग्राहकमध्ये लक्की ड्र मार्फत छनौट भएका एकजनालाई पोखराको प्रिमियम होटलमा २ रात ३ दिनको प्याकेजको व्यवस्था हुनेछ । 

सिटी सेन्टरभित्र यस अवधिमा किनमेल गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था रहेको जानकारी व्यवस्थापन पक्षले दिएको छ । 

कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक गेमहरुको साथै लाइभ म्युजिकल कार्यक्रम आयोजन हुने विज्ञप्तिमा जनाइएको छ ।