काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)को रिक्त सीइओ पदका लागि प्राप्त आवेदनबाट सर्टलिष्टमा पर्ने उम्मेद्वारको नाम सार्वजनिक भएको छ । 

सिडिएससीद्वारा जारी सूचनाअनुसार सीइओ पदका लागि प्राप्त आवेदनमध्ये ६ जनाको नाम आज सार्वजनिक गरिएको हो । 

सिडिएससीमा रिक्त सीइओ पदका लागि सर्टलिष्टमा परेका उम्मेद्वारले आगामी शुक्रबार र शनिबार कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । 

गत असार १६ गते सिडिएससीले सीइओ पदका लागि आवेदन माग गरेकोमा ७ जनाले आवेदन दिएका थिए । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सीइओका लागि पूर्णप्रसाद आचार्य, मानबहादुर खत्री, डिल्लीप्रसाद चौधरी, कृष्ण गिरी, भीष्मराज चालिसे र दिनेशकुमार बर्तौलालाई सर्टलिस्टमा राखिएको हो । सीइओका लागि दरखास्त दिएका कृष्णप्रसाद लामिछाने भने सर्टलिस्टमा पर्न सकेनन् । 

नेप्सेका प्रबन्धक निराञ्जन फँुयालको संयोजकत्वमा गठित सीइओ छनौट समितिले आज ६ जनाको नाम सर्टलिष्ट गरेको छ ।

कार्यपत्र प्रस्तुतीकरणका आधारमा नेप्सेका प्रबन्धक निराञ्जन फूयाँल संयोजक रहेको छनौट समितिले उपयुक्त उम्मेदवारमध्ये ३ जनाको नाम सिडिएससीको सञ्चालक समितिमा सिफारिस गर्नेछ । तीमध्येबाट एकजनालाई सिडिएसीको सीइओ बनाइनेछ ।