काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि नेपाल सरकारले चालेको कदमको स्वागत गरेको छ । 

चेम्बरले नेपाल सरकारबाट यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि भएको कार्यको सराहना गरेको हो ।

सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग चेम्बरले गरेको छ । ‘आर्थिक उदारीकरण प्रारम्भ भएको दुई दशकभन्दा बढी सयम व्यतित भइसकेको खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सादर्भिक छैन। चेम्वरद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । सरकारको यो प्रयासमा सहयोग गर्न पनि चेम्वरले सवैसँंग विशेष आग्रहसमेत गरेको  छ । 

सरकारको निर्णयको बिरोधमा यातायात व्यवसायीले गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिनसमेत चेम्वरले सरोकारवाला यातायात व्यवसायीहरुसँंग अनुरोध गरेको छ ।