काठमाण्डौ । तपाई विश्व घुम्न सौखिन हुनुहुन्छ भने तपाईको सौख बिनाखर्च स्वयम्सेवकको रुपमा पूरा हुनसक्छ । संयुक्त राष्ट्रसंघ(यूएन) लगायत विश्वमा कयौं यस्ता अन्तर्राष्ट्रिय संस्था छन्, जसको साथमा तपाईले केवल मानवताको भलाई मात्र गर्ने अवसर पाउनुहुुन्न, बरु विश्वका कयौं देशहरु बिनापैसा(फ्रिमा) घुम्ने अवसर पनि पाउनुुहुुन्छ ।

यूएन जस्ता संस्था आफूसँग स्वयम्सेवकको रुपमा काम गर्नेहरुलाई भत्ता समेत उपलब्ध गराउँछन् । यति मात्र होइन, विदेशमा रहँदाको समयमा लाग्ने तपाईको सबै खर्च पनि व्यहोर्छन् । 

यूएन जस्ता संस्था आफूसँग स्वयम्सेवकको रुपमा काम गर्नेहरुलाई भत्ता समेत उपलब्ध गराउँछन् । यति मात्र होइन, विदेशमा रहँदाको समयमा लाग्ने तपाईको सबै खर्च पनि व्यहोर्छन् । यसका साथ केही यस्ता संस्थाहरु पनि छन्, जसले तपाईलाई विदेशमा स्वयम्सेवकको काम गर्दा फ्रिमा घुम्ने अवसरसँगै राम्रो पैसा भत्ताको रुपमा दिन्छन् । फ्रिमा विदेश घुम्ने अवसर दिने संस्था कुन–कुन होलान् ? हेरौं विभिन्न एजेन्सीहरुको सहयोगमा तयार एक रिपोर्ट :

संयुक्त राष्ट्रसंघ(युएन)
यदि तपाई यूएनको साथमा विश्वका विभिन्न देशको भ्रमण गर्न चाहनुुहुन्छ र स्वयम्सेवकको काम गर्न चाहनुुहुन्छ भने तपाईले यसका लागि इन्टरनेशनल यूएन भोलेन्टियर कार्यक्रमका लागि आवेदन दिन सक्नुुहुन्छ । 

इन्टरनेशनल भोलेन्टियर बन्नका लागि केही शर्त तथा नियमहरु हुन्छन् । यदि ती शर्तहरु तपाई पूरा गर्नुहुन्छ भने  http://www.unv.org  मा गएर आफैंले रजिष्टर गर्न सकिन्छ । इन्टरनेशनल भोलेन्टियरमा काम गर्ने मौका पाइयो भने विभिन्न देश घुम्ने, त्यहाँ बस्ने लगायतका सबै खर्च यूएनले नै व्यहोरिदिन्छ । यसबाहेक नियमित आम्दानीको साथ राम्रो भत्ताको समेत व्यवस्था गरिएको हुन्छ। 

सूडान भोलेन्टियर्स कार्यक्रम
यदि तपाई अंग्रेजी स्कूल वा कलेजमा पढाउन सक्नुुहुन्छ भने तपाई सूडान भोलेन्टियर्स कार्यक्रममा जोडिन सक्नुुहुन्छ । यो कार्यक्रममा सहभागी भएर तपाईले फ्रिमै सूडान भ्रमणको अवसर पाउनुहुनेछ । यो कार्यक्रममा जोडिएपछि तपाईले शिक्षण अलावा सोही क्षेत्रको कुनै कम्युनिटी प्रोजेक्टमा सहभागिता जनाउन सक्नुुहुन्छ । तर, यहाँ जानका लागि हवाईभाडा भने तपाई आफैंले व्यहोर्नुपर्ने हुन्छ, यहाँ पुुगेपछि बस्ने र खाने सबै फ्रि हुन्छ । यसको साथमा तपाईलाई त्यहाँ राम्रो भत्ता पनि दिइन्छ । 

वल्र्ड वाइड अपच्र्यूूनिटी WWOOF
वल्र्ड वाइड अपच्र्यूनिटीसँग मिलेर तपाईले विश्वका कयौं मुलुकहरुको भ्रमण गर्न सक्नुहुन्छ । यो संस्थामार्फत तपाईले विश्वका ५३ देशहरुको सित्तैमा भ्रमण गर्न सक्नुहुन्छ । यो संस्थासँग रजिष्टर भएर तपाईले अग्र्यानिक फार्मिङ तथा सानातिना काममा समेत जोडिन सक्नुुहुन्छ । यो कार्यक्रममार्फत जुन देश जानुहुन्छ, त्यहाँ यो संस्थाले नै तपाईको खानपिन र बसोबासको व्यवस्था मिलाइदिन्छ । तपाईले त्यहाँ प्रतिदिन नियमित रुपमा केही घण्टा तोकिएको क्षेत्रमा तोकिएको काम भने गर्नुपर्ने बाध्यकारी अवस्था हुन्छ । यो संस्थामार्फत जुन–जुन क्षेत्र जानुुहुन्छ, त्यहाँ तपाईले प्रत्यक्ष कमाउने अवसर त पाउनुहुन्न, तर समय बचाएर अन्य काम गरे राम्रो कमाउन सकिन्छ । 

हेल्प एक्सचेञ्ज Helpx.. 
वल्र्ड वाइड अपच्र्यूनिटीजस्तै यो संस्थाले पनि तपाईले स्वयम्सेवकको भूमिका निर्वाह गरेबापत विभिन्न देशसम्म जाने, त्यहाँ बस्ने र खानपिनको व्यवस्था मिलाइदिन्छ । यो संस्थाको सहयोगले तपाई विभिन्न देशमा गएर अग्र्यानिक, नन अग्र्यानिक फार्मिङ र अन्य यस्तै काममा सहयोग गर्न सक्नुुहुनेछ । यसको बदलामा तपाईले दैनिक राम्रो सेवासुविधाको फाइदा समेत पाउनुहुनेछ । त्यहाँ बस्दा केही भत्ता पनि प्राप्त हुन्छ, यसरी सित्तैमा घुम्ने, बस्ने अवसरसँगै तपाईले कमाईको अवसर पनि पाउनुहुनेछ । यो संस्थाबाट कृषि कार्यको अलावा धार्मिक अभियानहरुमा  जोडिएर समेत कयौं देशको सित्तैमा भ्रमण गर्न सकिन्छ । हेल्प एक्सचेञ्जको वेबसाइटमा होस्टलाई भेट्नका लागि तपाईले सुरुवातमा थोरै शुल्क भने बुुझाउनुपर्ने हुन्छ । त्यसपछि होस्टको तर्फबाट तपाईलाई बस्ने र खाने सुविधा उपलब्ध गराउने ग्यारेण्टी गरिन्छ । 

यी कुरामा ध्यान दिनुहोस्
यी विभिन्न संस्थाहरुले संचालन गरेका स्वयम्सेवक कार्यक्रममा सहभागी हुनुुभन्दाअघि यी संस्थाको बिषयमा राम्रो रिसर्च गर्नुपर्छ । पूरा जानकारी लिएपछि यी संस्थाहरुको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सकिन्छ । यूूएन र अन्य अन्तर्राष्ट्रिय संस्थाहरुले भोलेन्टियरको काम गर्नेहरुलाई भत्ता तथा केही सुविधा समेत उपलब्ध गराउँछन् । यी सबैको उद्देश्य विश्वव्यापी रुपमा स्वयम्सेवकको भावना जागृत गराउनुु रहेको ती संस्थाहरु बताउँछन् । तपाईले यी संस्थासँग जोडिएर गर्ने भोलेन्टियरको कार्यलाई करिअर निर्माणको रुपमा चाहि लिनुुहुन्न, कारण यी संस्थाहरुले एकसातादेखि केही वर्षसम्म यस्ता स्किम दिएका हुन्छन् । यो मात्र सेवा गर्ने उद्देश्य बोकेकाहरुका लागि काम गर्ने र सित्तैमा विदेश सयर गर्ने राम्रो प्लेटफर्म हो ।