काठमाण्डौ । केही दिनअघि सूचना प्रकाशित गरी प्रमुख कार्यकारी अधिकृत(सीइओ)का लागि आवेदन मागेको सिद्धार्थ इन्स्योरेन्स लिमीटेडले देशका विभिन्न क्षेत्रमा काम गर्ने गरी विभिन्न पदमा पाँचदर्जन बढी कर्मचारी माग गरेको छ ।    
कम्पनीले मेनेजेरदेखि क्लेम अफिसर र असिस्टेन्टसम्मको पदका लागि योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको हो ।    

 

कम्पनीले विराटनगर र वीरगञ्ज ब्राञ्चका लागि मेनेजर, डेपुटी मेनेजर तथा असिस्टेन्ट मेनेजर मागेको छ । यी पदमा बीबीए वा बीबीएस वा सो सरहको लेभल उतीर्ण गरी जेनेरल इन्स्योरेन्स कम्पनीको व्यवस्थापन तहमा कम्तीमा ५ बर्ष काम गरेको अनुभव हुनेले दरखास्त दिन सक्नेछ ।    

मार्केटिंग शाखाका लागि नेपालगञ्ज र काठमाण्डौमा काम गर्ने गरी असिस्टेन्ट मेनेजर समेत मागिएको छ । यो पदका लागि समेत बीबीए वा बीबीएस गरी ५ बर्षको अनुभव प्राप्त गरेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।    एचआर डिपार्टमेन्टका लागि कम्पनीले एकजना असिस्टेन्ट मेनेजर मागेको छ । एचआर वा जेनेरल एडमिनिस्टेसनमा एमबीए गरेको र सम्बन्धित कामको ३ बर्षको अनुभव भएकोले यो पदमा आवेदन दिन सक्नेछ । यसैगरी, कम्पनीले अफिसर, जुनियर अफिसर गरी मार्केटिंग शाखामा रहेर काम गर्ने गरी काठमाण्डौ र आफ्ना शाखा कार्यालयहरुका लागि केही संख्यामा जनशक्ति माग गरेको छ । यो पदमा समेत बीबीए वा बीबीएस उत्तीर्ण गरी  जेनेरल इन्स्योरेन्सको मार्केटिंगमा १० बर्ष अनुभव प्राप्त गरेकालाई प्राथमिकता दिइनेछ ।    
 

कम्पनीले मुख्य कार्यालय काठमाण्डौ, शाखा कार्यालयहरु इलाम, विर्तामोड, दमक, धरान, राजविराज, मिर्चैया, गाइघाट, सिमरा, गजुरी, बत्तार, खैरेनीटार, तम्घास, सल्यान, सन्धिखर्क र तुल्सीपुरका लागि जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट(मार्केटिंग) केही संख्यामा माग गरेको छ । यो पदमा व्यवस्थापनमा प्रवीणताप्रमाणपत्र तह उतीर्ण गरेका र जेनेरल इन्स्योरेन्सको आधारभूत ज्ञान भएकाहरुले दरखास्त दिनसक्ने बताइएको छ ।    
 

कम्पनीले प्रशासन, दाबी विभागमा रहेर काम गर्ने गरी केही सिनियर असिस्टेन्ट, असिस्टेन्ट, जुनियर अफिसरका लागि समेत दरखास्त माग गरेको छ । बीबीए वा बीबीएस उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ बर्ष कामको अनुभव भएकाहरुले यी पदमा आवेदन दिनसक्नेछन् ।    

कम्पनीले केही संख्यामा मेनेजमेन्ट टेनी समेत माग गरेको छ । यो पदमा मार्केटिंगलाई विशेष बिषय बनाई स्नातकोत्तर गरेका र स्वास्थ्य बिमाको ज्ञान भएका तथा अंग्रेजीमा राम्रो दख्खल भएकाहरुलाई अवसरमा प्राथमिकता दिइने जनाइएको छ ।    
 

कप्र्स एण्ड लाइभस्टक डिपार्टमेन्टका लागि कम्पनीले क्लेम अफिसर र जुनियर अफिसर समेत माग गरेको छ । यो पदमा भेटेनरी डाक्टर, जेटिए वा विज्ञको रुपमा सम्बन्धित क्षेत्रमा ३ बर्ष काम गरेको सेवानिवृत सरकारी जागिरे र स्नातक उत्तीर्णलाई प्राथमिकता दिइने बताइएको छ ।    
 

सबै पदमा आकर्षक तलब र सेवा सुविधा राखिएको छ । इच्छुक र योग्य उम्मेद्वारले निवेदन, सिभी, नागरिकताको पासपोर्ट, शैक्षिक प्रमाणपत्रका प्रतिलिपि र पीपी साइजको फोटोग्राफसहित अबको १५ दिनभित्रमा आवेदन दिनसक्ने बताइएको छ । यो बिमा कम्पनीको कार्यालय काठमाण्डौको बबरमहलमा अवस्थित छ।