काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५० करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ७.२१ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा बैंकले ५४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७७ करोड ५८ रुपैयाँ रहेको छ । जुन गत वर्ष यही अवधिमा ७७ करोड ७६ लाख रुपैयाँ थियो ।

त्यस्तै बैंकले दोस्रो त्रैमासमा १ अर्ब ३४ करोड खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकले वितरणयोग्य मुनाफा भने ५७ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ ।

दोस्रो त्रैमासमा बैंकले १ खर्ब २६ अर्ब निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब १४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिभर्जको आकार भने ८.५ प्रतिशतले घटेको छ । गत वर्ष ४ अर्ब २१ करोड रुपैयाँ रहेको रिजर्भमा यो वर्षको दोस्रो त्रैमासमा घटेर ३ अर्ब ८५ करोडमा झरेको छ ।

बैंकको खराब कर्जाको दर ०.९ प्रतिशतले घटेको छ । गत वर्ष १.६४ प्रतिशत रहेकोमा अहिले घटेर १.५५ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७८.४१ प्रतिशत र आधार दर १०.०४ प्रतिशत रहेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २१.५७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.६५ रहेको छ ।