काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै‘ सिद्घार्थ सपरच्युनीटि’विशेष छुट योजना ल्याएको छ । यो छुट योजना आज बिहीबारदेखि सीमित अवधिका लागि मात्र ल्याइएको हो । 

यस योजनामा ग्राहकहरुले निम्न वमोजिमछुटहरु पाउन सक्नेछन्ः
दराजमा कार्डमार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५५ सम्म ९अधिकतम रू ५०० छुट 
पहिलो दुई पटक रु १,००० वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा रु ५०० क्यास ब्याक
पहिलो दुई पटक रु १,००० वा सो भन्दा बढी रकमको एटीएम मेसिनमार्फत् कारोबार गर्दा रु ३८२ क्यास ब्याक

यस्ता छुट र क्यास ब्याकअफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोबारलाई अझै प्रेरित गर्नेे विश्वास बैंकले लिएको जनाएको छ । बैंकले देशभर १८० वटा शाखा ३ एक्स्टेन्सन् काउन्टर सहित, १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय र सहज बंैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।