काठमाण्डौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई क्रमशः ७.५% (करसहित) तथा ५% (करसहित) प्रतिफल दिने भएको छ । 

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ ।

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लि. को आज बिहीबार दिउँसो ३ः३० बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६-७७ का लागि सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई क्रमशः ७.५% (करसहित) तथा ५% (करसहित) का दरले हुन आउने रकम रु ११,२५,००,०००(एघार करोड पचिस लाख ) तथा रु ६,००,००,०००( छ करोड मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाएको छ ।