काठमाण्डौ । बैंकको ब्याजदर घटेसँगै त्यसको प्रभाव अब निश्कासन हुने ऋणपत्रहरुले दिने रिटर्नमा पनि पर्ने देखिएको छ । 

ब्याजदर घटिरहेको नयाँ परिस्थितिमा सिद्धार्थ बंैंकले रु.३ अर्बको ऋणपत्र निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । जसको प्रस्तावित ब्याजदर ८.५ प्रतिशत मात्र छ । 

सात वर्षे अवधिको ऋणपत्रका ३० लाख इकाई निश्कासनका लागि सिद्धार्थ बैंक धितोपत्र बोर्ड पुगेको हो । बैंकले १००० दरका कुल ३ अर्बको ऋणपत्र निश्कासन गर्नेछ । 

पब्लिक इस्यूको रुपमा १ अर्ब २० करोड र प्राइभेट प्लेसमेन्टका आधारमा १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने बैंकको प्रस्ताव छ । 
ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ । 

यसअघि निश्कासन भएका वाणिज्य बैंकका ऋणपत्रहरुमा लगानीकर्ताले १०ः३५ प्रतिशतसम्म वार्षिक ब्याज पाएका थिए ।