काठमाण्डौ ।सिद्धार्थ बैंक लिमिटेडले आज सोमबारदेखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे छ । यस सुविधा संचालन पश्चात् बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाईल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् । 

ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन सिद्धार्थ बैंकको कुनै पनि एटीएम वा नेप्स सदस्य रहेका केही बैंकहरुको एटीएमबाट निर्धारण गर्न सक्नुहुनेछ । यसरीे पिन निर्धारण गर्न एटीएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन आउने छ । प्राप्त ग्रीन पिन ग्राहकहरुले एटीएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्नुहुनेछ । पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रिय हुनेछ र यस पश्चात् ग्राहकहरुले आफ्नो कार्ड एटीएम,पीओएस मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथसाथै अन्य बैंकका एटीएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्नुहुनेछ ।  

बैंकले ल्याएको यस सुविधाले ग्राहकहरुलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केही हदसम्म भएपनि कागजको प्रयोग कम गरी वातावरणमैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास बंैकले लिएको छ ।