काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले धितोपत्र बोर्डबाट आइतबार मात्र स्वीकृत १० बराबर ३ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ । 

यो बैंकले ३० प्रतिशत हकप्रद सेयरका लागि आगामी जेठ १६ गतेलाई बुक क्लोजको मिति तोकेको हो । 

यसको अर्थ जेठ १५ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र ३० प्रतिशत हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । 

सिद्धार्थ बैंकले १ सय रुपैयाँ अंकित दरका कुल १ करोड ५७ लाख कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यो बैंकको हाल चुक्तापुँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रदपछि बैंकको चुक्तापूँजी ७ अर्बको हाराहारीमा पुुग्नेछ । 

बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले गर्नेछ। 

सोमबारको कारोबार अनुसार यो बैंकको प्रति कित्ता सेयरको बिक्री मूल्य ६ सय ७३ रुपैयाँ रहेको छ । यो बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९५ करोड खूद नाफा आर्जन गरेको छ ।