काठमाण्डौ । आस्वामार्फत् आइपीओ र एफपीओमा आवेदन गर्न इच्छुकहरुका लागि सिद्धार्थ बैंकले “सिद्धार्थ मेरो शेयर खाता” सञ्चालनमा ल्याएको छ । “मेरो शेयर खाता”बाट सरल र सुरक्षित तरिकाले शेयर बजारमा लगानी गर्ने सकिनेछ । 

बैंकले “मेरो शेयर खाता”मा निःशुल्क अनलाइन आस्वा आवेदन, निःशुल्क डिम्याट खाताको अनलाइन आवेदन र डिम्याट खाताको वार्षिक शुल्कमा छुट प्रदान गर्नुका साथै रु. पाँच लाखसम्मको निःशुल्क दुर्घटना विमा लगायतका अन्य धेरै बैंकिङ्ग सुविधाहरु प्रदान गरेको छ । यस बचत खातामा ग्राहकले ६ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्नेछन् । 

यो खाता खोल्न आफूलाई पायक पर्ने सिद्धार्थ बैंकको शाखाहरु तथा सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा समेत सम्पर्क राख्न सकिनेछ ।

सिद्धार्थ बैंकले हाल नेपालभर रहेका आफ्ना ७५ शाखा, २ एक्स्टेन्सन काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकि¨ सेवा र ४५० भन्दा बढी पिओएस मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकि¨ सेवा प्रदान गर्दै आएको छ ।